किसानलाई गहुँ छर्ने चटारो
बैतडी | कात्तिक १२, २०८१
बैतडी: यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पु¥याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ ।
दोगडा केदार गाउँपालिका– ३ का नारद भट्टले किसानलाई हाल गहुँ छर्ने चटारो रहेको बताउनुभयो । सिँचाइ सुविधा नभएका ठाउँमा गहुँ छर्ने कार्य भइरहेको छ ।
उहाँले भन्नुभयो,“चिसो ठाउँमा कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य सुरु भएको छ । हाल यहाँका किसान गहुँ छर्ने कार्यमा व्यस्त छन् ।”
लेकाली क्षेत्रमा पछि चिसो बढ्ने भएकाले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने गरिएको किसानले बताएका छन् । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले कात्तिक पहिलो सातादेखि नै गहुँ छर्ने कार्य सुरु भएको र लेकाली क्षेत्रमा लगभग गहुँ छर्ने कार्य सकिन लागेको बताउनुभयो ।
गहुँ छर्दा पहिला खेतलाई खनजोत गरेर गोबरमल हाल्ने गरिन्छ । कतिपय ठाउँमा गहुँ छरेपछि मात्रै गोबर मल हाल्ने चलन रहेकाले त्यो गहुँका लागि उपयुक्त नभएको चौधरीको भनाइ छ ।
“गोबर मललाई माटोमा मिसाएपछि गहुँ छर्न उपयुक्त हुनेछ । गहुँ छरेपछि गोबरमल हालेमा त्यसमा भएको तत्व नष्ट हुने भएकाले गहुँ छर्नुभन्दा पहिला गोबर मल हाल्नुपर्छ”, उहाँले भन्नुभयो ।
बैतडीमा डब्लु के १२०४ जातको गहुँको बीउ बढी प्रयोग भइरहेको छ । बैतडीमा १५ हजार चार सय हेक्टर क्षेत्रफमा गहुँखेती गरिने भए पनि आधाभन्दा बढी क्षेत्रमा सिँचाइको अभाव रहेको छ ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

